सुनसरी-३ मा गच्छदार विजयी, ३२१ मतले हारिन् चौधरी

बुधबार, २७ मंसिर २०७४, १२ : ०९
सुनसरी-३ मा गच्छदार विजयी, ३२१ मतले हारिन् चौधरी

सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार उपप्रधानमन्त्री गच्छदार विजयी भएका छन् । उनले एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गरेका हुन्।

बुधबार बिहान सकिएको मतगणनामा गच्छदारले ३८९७२ मत पाए भने चौधरीले ३८६५१ मत पाइन् । मतगणनाको सुरुमा गच्छदार निरन्तर पछाडि  पर्दै आाएका थिए । उनले  अन्तिम समयमा मतान्तर घटाएका थिए।

प्रतिक्रिया दिनुहोस