हेलम्बु । हेलम्बु गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलम्बु–५ गोल्फु भञ्ज्याङकी २६ वर्षीया माया तामाङको आज हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष दीपकुमार तामाङले बताए ।
उनका अनुसार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलिकप्टर बोलाएर सुत्केरी महिलालाई काठमाडौं पठाएकी हुन् ।
उनीसँगै हेलम्बु–५ कै अर्का एक हात भाँचिएका बिरामी माइली तामाङलाई पनि सोही हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । बाढीका कारण मोटरबाटो अवरुद्ध भएपछि हेलिकप्टरबाट बिरामीको उद्धार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त
झापामा गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो