काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक सुरेश दर्पण पोखरेलले जानकारी दिए ।
सुनिलकुमार थापाद्वारा निर्मित फिल्म अमेरिकाका हलमा नियमित शो पाउनुलाई नेपाली फिल्म क्षेत्रकै लागि उत्साहजनक हो ।फिल्ममा अनमोलको अलवा सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो फिल्ममा अभिनय छ ।
फिल्मको कथा निर्देशक झरना आफैले लेखेकी हुन् । पटकथा र संवादमा भने निर्देशक थापालाई स्व.निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, १२ : ३०
लेखकबाट थप