राष्ट्रपतिद्वारा शीतल निवास परिसरमा वृक्षरोपण

मंगलबार, २२ जेठ २०७५, १६ : ३३
राष्ट्रपतिद्वारा शीतल निवास परिसरमा वृक्षरोपण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवास परिसरमा वृक्षरोपण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज सो परिसरमा जापानी बिरुवा जिन्को भायोला रोप्नुभएको हो । उहाँले आजै दिवसका अवसरमा “प्रकृतिको अमूल्य उपहार धर्ती सिँगारौँ, निर्मल आकाश सुरक्षित गरौँ । प्राकृतिक सम्पदाको सन्तुलित सदुपयोग गरौँ, सुन्दर प्रकृतिलाई न्याय गरौँ” भन्ने सन्देशसहित ट्विटसमेत गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस