एजेन्सी । छिमेकी मुलुक भारतमा ‘मङ्कीपक्स’ को दोस्रो सङ्क्रमित व्यक्ति भेटिएको छ । दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन्।
केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे सहरको नेसनल इन्स्टिच्युट अफ भिरोलोजी ९एनआइभी० मा उनको नमूना परीक्षण गरिएपछि दोस्रो मङ्कीपक्स सङ्क्रमण पुष्टि गरिएको हो।
केरला सरकारले यो रोग विरुद्धको रोकथामका उपायलाई तीव्रता दिएको छ।कन्नूर जिल्लाका स्थायी वासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ। उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए।
मुलुककै पहिलो ‘मङ्कीपक्स’को बिरामी केरालामा नै पत्ता लागेको थियो। तर ती संक्रमित व्यक्ति संयुक्त राज्य अमेरिकाबाट आएका यात्री थिए र जुलाई १२ मा उनी केरला आइपुगेका थिए।
भारतमा ‘मङ्कीपक्स’को पहिलो सङ्क्रमण पुष्टि भएपछि केन्द्र सरकारले ‘मङ्कीपक्स’लाई फैलिन नदिन आवश्यक सावधानी अपनाउन र परीक्षणलाई व्यापक बनाउन वरिष्ठ चिकित्सकसहितका समूहलाई विभिन्न राज्यमा पठाएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ साउन २०७९, ०८ : ५९
लेखकबाट थप