नदीमा डुबेर कैलालीमा एक बालिकाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, २० : २९
नदीमा डुबेर कैलालीमा एक बालिकाको मृत्यु

धनगढी । कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी बालिकाकोको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस