काठमाडौं । काठमाडौंका तीन पालिका हैजा संक्रमणको ‘रेड जोन’मा परेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका संक्रमितको संख्याका आधारमा रेड जोनमा परेका हुन् । महाशाखाले तीनजनाभन्दा बढी संक्रमित भएको पालिकालाई रेड जोनमा राखेको छ ।काठमाडौं महानगरभित्र असार ३१ गतेसम्म हैजा संक्रमितको संख्या १२ पुगेको छ । कागेश्वरी मनोहरामा आठ र ललितपुरमा तीनजनामा हैजा पुष्टि भएको छ ।
यस्तै, काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ ।
महाशाखाले हैजा संक्रमणबाट बच्न पानी उमालेर पिउन र खानेकुरा राम्रोसँग पखालेर/पकाएर मात्र खान आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १५ : ०९
लेखकबाट थप