काठमाडौं । धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। सुनसरीको रामधुनी नगरपालिका-७ की ५७ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राडा कृष्ण पोखरेलले जानकारी दिए।
उनका अनुसार असार ३१ गते भर्ना भएकी उनको शनिबार बेलुकी साढे ५ बजेको मृत्यु भएको हो। मृतक महिलाले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाएकी थिइन्।
शवको व्यवस्थापन नियमानुसार भएको पोखरेलले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १४ : ३८
लेखकबाट थप