जनता बैंकको थवाङ शाखाबाट कारोवार सुरु

सोमबार, २१ जेठ २०७५, १४ : ३०
जनता बैंकको थवाङ शाखाबाट कारोवार सुरु

रोल्पा । ग्रामिण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. २ स्थित थवाङ शाखाबाट कारोवार सुरु गरिएको हो । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने सोही जिल्लामा अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका छन् । थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट  स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।

रोल्पा जिल्लाको यस विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जिवन स्तरमा केही भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।
यस सँगै जनता बैंकको देश भरीमा शाखा सञ्जाल ११७ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

 

प्रतिक्रिया दिनुहोस