काठमाडौं । नेपाल भाषा साहित्यका ५ जना साहित्यकारको शालिक स्थापना भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २५ केल टोलमा शालिक स्थापना गरिएको हो । पाँचै जना साहित्यकारकाे शालिक कलाकार महेश तुलाधरले निर्माण गरेका हुन। नेपाल भाषा साहित्यका गद्य गुरू पण्डित निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास अमात्य, मास्टर जगतसुन्दर मल्ल, कवि योगवीर सिंह कसा र भाषानिभा प्रेमबहादुर कसाको शालिक स्थापना गरिएको हो ।
नासः दबू जीर्णोद्वार समितिको आयोजनामा भएको कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, बागमती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री वसन्त मानन्धर र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले साेही शालिकको संयुक्तरूपमा अनावरण गरिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १३ : ०२
लेखकबाट थप