काठमाडौँ । कान्तिबाल अस्पतालको दन्त विभागमा थप सेवा विस्तार भएको छ। अत्याधुनिक इलेक्ट्रिकल डेन्टल चेयर र अत्याधुनिक प्रविधिको आरभिजी एक्स-रे सेवा पनि विस्तार भएको अस्पतालका निर्देशक तथा बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले बताएका छन्।
कान्तिबाल अस्पतालमा विगत लामो समयदेखि सञ्चालन हुँदै आएको दन्त चिकित्सा विभागले बालबालिकामा हुने मुख तथा दाँतको समस्याका लागि केन्द्रीय प्रेषण विभागको रूपमा सेवा दिइरहेकोमा आजबाट अत्याधुनिक इलेक्ट्रिकल डेण्टल चेयर, अत्याधुनिक प्रवृत्तिको आरभिजी एक्सरे सेवा पनि विस्तार भएर सेवा दिन शुरु गरिको डा. बसौलाले बताए।
हाल कान्तिबाल अस्पतालमा वरिष्ठ कन्सल्टेण्ट डेन्टल सर्जन (प्रोस्थोडोन्टिस्ट) डा. सोनी सुवेदी सहित पेरियोडोन्टिस्ट, अर्थोडोन्टिस्ट, पेडियाट्रिक डेण्टिस्ट, इण्डोडोन्टिस्ट विषयका विशेषज्ञ चिकित्सक र डेन्टल सर्जनहरूले बालबालिकामा हुने दाँत सम्बन्धी सेवा दिइरहेको डा. बसौलाले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १६ : ४४
लेखकबाट थप