चंकी पाण्डेकी छोरी अनन्याको कार दुर्घटना

एजेन्सी

सोमबार, २१ जेठ २०७५, १२ : २०
चंकी पाण्डेकी छोरी अनन्याको कार दुर्घटना

डेब्यू फिल्म ‘स्टुडेन्ट अफ द इयर टु’ को सुटिङका लागि देहरादुन पुगेकी नायिका अनन्या पाण्डेको दुर्घटना भएको खबर छ ।

फिल्मको फर्स्ट शेड्युलको सुटिङका लागि अनन्या आफ्ना को–स्टार टाइगर श्रोफ, तारा सुतारिया र निर्देशक पुनित मलहोत्रासँग देहरादूनमा छिन् ।

रिपोर्टलाई विश्वास गर्ने हो भने अनन्या आफ्नो फिल्मको एक सीनका लागि कार चलाइरहेका बेला उनको दुर्घटना भएको हो ।

डीएनएले आफ्नो स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘अनन्याले एउटा सीनका लागि कार चलाउनुपर्दथ्यो । तर अचानक कार अनियन्त्रित भयो र एउटा रुखमा गएर ठोक्कियो । यद्यपी, पहिले नै सुरक्षाको प्रबन्ध मिलाइएका कारण अनन्यालाई केही पनि भएन ।’

स्टुडेन्ट अफ द इयर टु, करण जोहरको सन् २०१२ मा रिलिज भएको स्टुडेन्ट अफ द इयरको सिक्वेल हो जसमा आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्राको भुमिका थियो ।

प्रतिक्रिया दिनुहोस