बर्दिबास नगरपालिकाले करारमा नियुक्त कर्मचारी हटाउदैं

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, ११ : ३०
बर्दिबास नगरपालिकाले करारमा नियुक्त कर्मचारी हटाउदैं

महोत्तरी । बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आगमी १ साउनदेखि २०७९र८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयमा कार्यरत करारका कर्मचारी हटाउन लागेको हो ।

अत्यावश्यकबाहेकका कर्मचारी हटाउने उल्लेख गरेको नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुलाई हाजिर नगराउन निर्देशन दिइसकेको छ।
ञकार्यसम्पादनमा बाधा नपुग्नेगरी सबै कर्मचारी त हैन केही कर्मचारी हटाउने निर्णय गरेका छौँ,झ नगरपालिकाका प्रवक्ता विजय महतोले भने ।

अघिल्लो सरकारले करारमा नियुक्त गरेका ६२ जना शिक्षकको विषयमा भने निर्णय हुन बाँकी छ । बैठक बसेर के गर्ने भन्ने विषयमा टुंगो लगाउँछौँ,झ प्रवक्ता महतोले भने ।

नगरपालिकाका सूचना अधिकारी सोम फुयालका अनुसार विद्यालयका शिक्षकबाहेक अहिले नगरभित्र लगभग ५० को हाराहारीमा कर्मचारीहरू करारमा काम गर्दै आएका छन्।

कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि नगरवासीको मिश्रित प्रतिक्रिया छ । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकाश गर्न खोजेको कतिपयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस