काठमाडौं । लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।
अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ । पहिरो पन्छ्याउनका लागि नेपाल प्रहरीको टोली खटाएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
हरेक वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । वैकल्पिक सडक नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा राजमार्ग अवरुद्ध, बसको ठक्करबाट २ जनाको मृत्यु