राष्ट्रपतिसमक्ष महालेखाको वार्षिक प्रतिवेदन पेश

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १५ : ३७
राष्ट्रपतिसमक्ष महालेखाको वार्षिक प्रतिवेदन पेश

काठमाडौ । राष्ट्रपतिसमक्ष विद्यादेवी भण्डारी महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबार महालेखापरीक्षक टंकमणि शर्माले प्रतिवेदन पेश गरेका हुन् । 

शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस