काठमाडाैँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले औषधी ऐन संशोधन गरेर मात्रै नहुने बताएका छन् । बुधबार प्रतिनिधीसभामा औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिदैं उनले संशोधनले मात्रै अहिलेको आवश्यकता पूर्ति नगर्ने बताए । ‘यो औषधी ऐन, २०३५ सालमा ल्याइएको हो,’ उनले भने, ‘यो झण्डै ४५ वर्षअगाडिको ऐन हो ।
आजको परिवर्तित परिस्थितीलाई यो ऐनले समग्रतामा समेट्न सकेको छैन । यो संशोधनले पनि समग्रतामा समेट्न सकेको छैन ।’ उनले अब नयाँ कोरोना विरुद्ध विगतमा लड्दैं जाँदा सिकेको अनुभव खोप र क्लिनिक ट्रायलमा मात्रै सिमित रहेको बताए । उनले यो ऐनलाई संशोधन नभएर प्रतिस्थापन गर्नुपर्ने बताए । सांसद भट्टराईले गलत औषधीको प्रयोगले नेपाल वार्षिक कति मानिसको मृत्यु भइरहेको छ एकिन तथ्यांक नरहेको बताए ।
औषधी बिरामीलाई दिने सामान्य कुरामात्रै नभएको बताउँदैं यसमा उपभोक्ता अधिकार पनि आकर्षित हुने बताए । औषधीमा १६ देखि २० प्रतिशतमात्रै फाइदा लिन पाइने बताउँदैं नेपालमा ५० देखि २ सय प्रतिशतसम्म फाइदा लिने गरिएको बताए । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले औषधी र खोपको आपत्तकालीन प्रयोगको महत्वपूर्ण उद्देश्य रहेको बताइन् । उनले त्यसबाहेक नयाँ औषधी र खोपको क्लिनिकल ट्रायलका विषयमा पनि नयाँ संशोधनमा महत्वपूर्ण व्यवस्था भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १३ : ५७
लेखकबाट थप