स्वास्थ्यमन्त्री भन्छन्:औषधीको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १३ : ५३
स्वास्थ्यमन्त्री भन्छन्:औषधीको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने

काठमाडाैँ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले औषधीको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने बताएका छन् । बुधबार प्रतिनिधीसभामा औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिदैं मन्त्री खापुङले उक्त जानकारी दिएका हुन् । ‘औषधीको मूल्य आएको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने कुरा म यहाँ राख्न चाहन्छु,’ उनले भने, ‘औषधी कुन कम्पनीको हो उपभोक्ताले रोज्न पाउनुपर्छ भन्ने कुरा प्राविधिक कुरा भएकाले मन्त्रालयमा छलफल गर्ने कुरा अनुरोध गर्न चाहन्छु ।

’ औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सांसद दिव्यमणि राजभण्डारी र सांसद गिरिराजमणि पोखरेलले संशोधन फिर्ता लिएका थिए भने प्रेम सुवालले दर्ता गरेको संशोधन प्रस्ताव भने फिर्ता लिएनन् । सुवालको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । लगतै, सभामुख अग्नीप्रसाद सापकोटाले औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ लाई निर्णायार्थ प्रस्तुत गरेका थिए । सांसदहरुले विरोध नजनाएपछि औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ पास भएको हो ।
 

#:

प्रतिक्रिया दिनुहोस