काठमाडाैँ । बलिउड अभिनेता रणवीर सिंह अर्का चर्चित अभिनेता शाहरुख खानका छिमेकी बन्ने भएका छन्।
लामो समयदेखि एउटै क्षेत्रमा काम गरेका यी दुई अभिनेता अब छिमेकी बन्न लागेको खबर भारतीय सञ्चार माध्ययममा छरिएको छ।भारतकी सबैभन्दा रुचाइने र मंहगी अभिनेत्रीको रुपमा परिचित दीपिका पादुकाणका पति समेत रहेका अभिनेता सिंहले मुम्बईस्थित शाहरुख खानको घरको छिमेकमा ११९ करोडको लक्जरी अपार्टमेन्ट किन्ने भएका हुन्।
भारतीय सञ्चार माध्ययमका अनुसार रणवीर र दीपिका अब छिट्टै आफ्नो नयाँ अपार्टमेन्टमा सर्ने योजनामा छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ असार २०७९, १० : ५४
लेखकबाट थप