काठमाडौं । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो । अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।
अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार
उखुबारीबाट अजिङ्गरको उद्धार
खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर