काठमाडाैँ । अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’ बाट दर्शकमाझ कमव्याक गर्दै छन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा ऋषि कपूरलाई गुमाए । अभिनेत्री आलिया भट्टसँग विवाह गरे । उनी यो वर्ष पिता बन्दै छन् ।
यसबाहेक उनका चार फिल्म फ्लोरमा छन् । हालै मात्र उनले फिल्म ‘शमशेरा’ को बारेमा खुलेर कुरा गरेका छन् । ‘जब मलाई यो फिल्मको प्रस्ताव आयो, मैले विश्वास गर्न सकिनँ । किनकि स्क्रिनमा म रोमान्टिक हिरोको रूपमा दर्शकमाझ चिनिएको छु । यसको कथा मनपर्याे, यसमा दुई भूमिका थिए । मलाई बलीको भूमिकाको अफर गरिएको थियो । शेरा कोही अर्को अभिनेताले अभिनय गर्ने कुरा थियो । मभित्र स्वार्थी कलाकार थियो, जस कारण मैले शेराको भूमिका पनि म नै गर्छु भनेँ । एक बाबु र छोराको चरित्रलाई म राम्रोसँग प्रस्तुत गर्न सक्छु’, रणवीरले भनेका छन् ।
यो फिल्मको सुटिङको किस्सा आफैँमा रोचक छ । जुन किस्सा स्वयं रणवीरले सुनाएका छन् । ‘म जहिल्यै १० देखि १५ किलोको धुलो सेटमा राख्थेँ र सुटिङ सुरु हुनासाथ पंखाको अगाडि धुलो उडाउँथे । त्यो धुलो मेरो आँखा र कानमा जान्थ्यो । म संवाद बोल्न सक्दिन थिएँ । यसबाट छुटकारा पाउन म घर गएर २० पटकसम्म नुहाउँथे । तर, पनि धुलो निस्कँदैन थियो । यस्तो धुलोमा मैले स्विमिङ गरेको छु । त्यो समयमा मेरो दिमागले निर्देशकलाई निकै गाली गर्थे । तर, जब स्क्रिनमा आफूलाई हेर्छु, तब यो सबै गर्नु व्यर्थ थिएन जस्तो लाग्छ’, उनले भनेका छन् ।
फिल्ममा उनको दोहोरो भूमिका छ । उनको को-स्टार छिन् वाणी कपूर । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् भने यसलाई करण मलहोत्राले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, १३ : ४४
लेखकबाट थप