काठमाडौँ । साउन ७ गतेसम्म नलगाए हाल मौज्दात १० लाख मात्रा कोभिसिल्ड खोप खेर जाने भएको छ।कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन ७ गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर जान लागेको हो।
स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार पछिल्लो पटक आएको कोभिसिल्ड खोपको म्याद जुलाई २३ सम्म लगाइ सक्नुपर्ने म्याद रहेको हुँदा त्यस वेलासम्म नलगाए म्याद गुज्रिएर खेर जाने बताए। 'कोभिसिल्डको म्याद कम रहने भएकाले सकेसम्म चाँडै लगाउन अघि सारिए पनि पछिल्लो समय खोप लगाउने कम हुँदा खपत नभएर खोपको म्याद गुज्रिन लागेको हो'‚ उनले भने, ‘बुस्टर डोज लगाउँदा धेरैले फाइजर सहितको अन्य खोप लगाएको हुँदा पनि यो खोप खपत कम भएको हो।'
हाल मोडर्नाको पनि ६७ हजार डोज अर्थात् ६ हजार ७०० भाइल खोप म्याद गुज्रिएर खेर गएको बताइएको छ। यो संख्या अझै बढ्न सक्ने फार्मेसी अधिकृत थापाले भने'‚ खोप स्थानीय तहबाट लगाइएको छ, जसले गर्दा यो संख्या अझै बढ्न सक्छ।'
अन्य खोप पनि छिट्टै नलगाए म्याद गुज्रिने अवस्थामा
यस्तै कोभिसिल्ड मात्रै नभएर हाल नेपालमा रहेको बालबालिकाले लगाउने बाहेकको फाइजर, जनसन एण्ड जनसन खोपको पनि अक्टोबरसम्म नलगाए म्याद गुज्रिने अवस्थामा रहेको उनले बताए। ‘५ देखि ११ वर्ष सम्मका बालबालिकाले लगाउने फाइजर खोप बाहेक हाल हामीसँग रहेको अन्य खोपको म्याद पनि अक्टोबरसम्म छ, त्यस वेलासम्म लगाउन सकिएन भने यी खोपको पनि म्याद गुज्रिन्छ’‚ उनले भने।
७० लाख खोप मौज्दात
हाल केन्द्र, प्रदेश र जिल्ला गरी देशभर ७० लाख मात्रा खोप मौज्दात रहेको समेत थापाले बताए। उनका अनुसार ७० लाखमा ४० लाख डोज खोप फाइजर, जनसन एण्ड जनसन, अस्ट्राजेनिका साइनोभ्याक्स रहेको र बाँकी खोप ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लगाउने पेडियाट्रिक फाइजर खोप रहेको उनले बताए। ‘हाल केन्द्र र प्रदेशमा गरी गरी लगभग ७० लाख मात्रा खोप मौज्दात छ, ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लगाउने पेडियाट्रिक फाइजर खोप हाल प्रयोग भइरहे पनि अन्य खोप लगाउने कम हुँदा खपत कम भइरहेको छ’‚ उनले भने।
साइनोभ्याक्स खोप ल्याएर थन्काइयो
यता गत चैतमा चीनको सहयोगमा आएको ४० लाख मात्रा साइनोभ्याक्स खोप भण्डारकक्षमै थ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १५ : ११
लेखकबाट थप