फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

शनिबार, १९ जेठ २०७५, २१ : ४३
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 

2018-06-02 21:23

काठमाडौँ l  नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । 
पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन÷तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस