काठमाडौँ ।ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गरेका छन् । विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूको काठमाडौंको एक होटलमा वैवाहिक कार्यक्रम भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित छन् । अरुलाई प्रवेश दिइएको छैन ।
विवाहित जोडीले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरेका छन् । नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगञ्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । उनीहरूको राम्रो चिनजान महोत्सवमा नृत्य गर्न रिहल्सल गर्नु पर्ने भएपछि भएको हो । सँगै वीरगञ्ज पुगेर फर्किएपछि उनीहरु बीचमा सामिप्यता झनै बढेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १४ : १२
लेखकबाट थप