एन आई सी एशिया बैंकको नयाँ शाखा पर्साको लंंगडिमा

शुक्रबार, १८ जेठ २०७५, १७ : ५३
एन आई सी एशिया बैंकको नयाँ शाखा पर्साको लंंगडिमा

 पर्सा । एन आई सी एशिया बैंकको धोबिनी गाँउपालिका वडा नं ४, लंगडि, पर्सामा स्थापित लंगडि शाखाको आज मिति २०७५ जेष्ठ १८ गते एक समारोहका बिच धोबिनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मीले विधिवत् समुद्घाटन गरेका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखा कार्यालयहरु, २०४ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६४ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११३ अर्ब र कुल निक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।  साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

प्रतिक्रिया दिनुहोस