पहिरोले डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, ११ : ५१
पहिरोले  डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षका कारण डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीशहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ  । मंगलबार रातिदेखिको भीषण वर्षाका कारण आएको बाढीपहिरोले ठाउँठाउँको सडक पहिरोले पुरेको छ ।

बेंसीशहर नगरपालिका–६, उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । पहिरोले मर्स्याङ्दीको शीरचौर र मनाङको म्यार्दीखोला नजिक पहिरो गएको छ । म्यार्दीभीरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण डुम्रेदेखि बेंसीशहर हुँदै मनाङ जोड्ने सडक ठाउँ–ठाउँमा पहिरोले क्षति पुर्याएको छ । डुम्रे–बेंसीसहर सडकखण्ड खुल्ने र बन्द हुने भइरहेको छ । मनाङतर्फको बाटो बिहीबार साँझसम्म खुलाउने प्रयास भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस