बालिकाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, ११ : ३४
बालिकाको मृत्यु

 स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घरनजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणलाई भने सामान्य चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस