एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

विहीबार, १७ जेठ २०७५, १७ : ४४
एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

 रौतहट । एन आई सी एशिया बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको आज मिति २०७५ जेष्ठ १७ गते एक समारोहका बिच चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल कुमार जैसवालले समुद्घाटन गर्नुभएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६३ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११३ अर्ब र कुल निक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

प्रतिक्रिया दिनुहोस