गोविन्दा भन्छन्, ‘कृष्णसँग कुनै समस्या छैन’

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १४ : २१
गोविन्दा भन्छन्, ‘कृष्णसँग कुनै समस्या छैन’

काठमाडाैँ। केही समय यता बलिउड अभिनेता गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक बीचको मनमुटाव चर्चाको विषय बनेको छ । कृष्णाले सार्वजनिक रूपमै गोविन्दासँग माफी मागे । उनले विभिन्न शोहरुमा खुला रूपमै माफी मागेपछि गोविन्दाले माफी दिएका छन् । मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए । 

त्यही शोको अर्को एपिसोडमा पुगेका गोविन्दाले आफ्ना भाञ्जालाई माफी दिएका छन् । मनिषको शोमा पुगेका गोविन्दालाई कृष्णाले माफी मागेको बारे जानकारी गराएपछि गोविन्दाले आफूलाई समस्या नरहेको बताएका छन् । ‘कृष्णाले यहाँ आएर माफी मागे। सर, यदि तपाईंले उनलाई केही भन्नु छ भने कृपया भन्नुहोस् । यो मेरो आग्रह हो’ मनिषले शोमा भने । 

गोविन्दाले कुराकानी गर्दै कृष्णा आफ्नो प्रिय भएको बताएका छन् । ‘मेरो कुनै पनि व्यवहारले तपाईंहरू दुःखी हुनुहोस् भन्ने म चाहन्नँ । तपाइएका लागि सधैँ त्यो माफी छ । कृपया रिल्याक्स हुनुहोस्, तपाईंसँग कुनै समस्या छैन ’ गोविन्दाले भनेका छन् । उनले शोमा भनेता पनि माफी दिएका हुन् वा होइनन्? यो आउँदो समयले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस