राष्ट्रिय फुटबल टोली स्वदेश फर्किए

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १३ : ५६
राष्ट्रिय फुटबल टोली स्वदेश फर्किए

काठमाडौं । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन् । कतार एअरलाइन्सबाट नेपाली टोली बिहीबार नेपाल आईपुगेका हुन् ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरेका छन् । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी भने आफ्नो घर कुवेतमै बसेका हुन् ।

छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो ।तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० को भारी अन्तरले पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस