एशियन कप छनोट : नेपालले कुवेतसँग प्रतिष्पर्धा गर्दै

सफल खबर संवाददाता

शनिबार, २८ जेठ २०७९, १२ : ५१
एशियन कप छनोट : नेपालले कुवेतसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । एएफसी एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको टोली कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । आयोजकसमेत रहको कुवेत बिरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १० बजे शुरु हुनेछ । यसअघि बलियो टोली जोर्डन बिरुद्ध २–० को पराजय भोगको नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा रहेको छ । त्यसका लागि शनिवार अन्तिम अभ्यास गरेको छ ।

आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहँदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहँदै तेस्रो स्थानमा रहेको छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।  समूहको शीर्ष टोलीले एशियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एशियन कप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस