नेकपाको केन्द्रीय कमिटीमा मलाई आलोचना गर्नेको संख्या बढी भएपनि कुनै आपत्ति छैन् : प्रचण्ड

आइतबार, १३ जेठ २०७५, १८ : १०
नेकपाको केन्द्रीय कमिटीमा मलाई आलोचना गर्नेको संख्या बढी भएपनि कुनै आपत्ति छैन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपाको केन्द्रीय कमिटीमा मलाई आलोचना गर्नेको संख्या बढी भएपनि आफुलाई कुनै आपत्ति नहुने बताउनु भएको छ ।
आइतबार बागबजारको हार्दिक होटलमा प्रेस सेन्टर नेपाल र प्रेस चोतारीले संयक्त रुपमा आयोजना गरेको महान् सहिद कृष्ण सेन इच्छुकको १६ अौं स्मृति दिवसका अवसरमा आयोजित कम्युनिष्ट आन्दोलनमा नेतृत्व विकासको प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नवगठित पार्टीको केन्द्रीय कमिटीमा आफ्नो आलोचना गर्नेको संख्या बढी भएपनि कुनै आपत्ति नभएको बताए । ‘मलाई आलोचना गर्ने बढी सिसिएम परेका छन्,मलाई समर्थन गर्ने परे छैनन’, अध्यक्ष प्रचण्डको भनाई छ ।



पार्टी एकतामा बढेको असन्तुष्टिप्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘धेरै साथिहरू सिसिएम भएका छैनन्, नेतृत्वले सहि काम गदा गर्दैपनि सकिएन । सहि समयमा सहि निर्णयले मात्रै एकता सम्भव भएको हो, को सिसिएम भयो भन्ने कुरा सानो हो । एकता ठूलो हो । सिसिएम भइएन भन्ने दुख मनाउ गर्नु हुँदैन ।’ उनले २०-२५ ल्याउने प्रयास गर्दा छुटेको स्वीकार गरे । पार्टी एकताका बेला हरेक प्रवृति समावेश गर्नुपर्ने भएकाले चाहेर पनि छुटाउनै नमिल्ने २०-२५ जना छुटेको प्रचण्डको भनाई थियो । उनले तत्कालीन एमालेमा पनि ओलीले यस्तै समस्या भोगेको हुन सक्ने बताए ।

प्रचण्डले महान साहित्यार एवं परिवर्तनका सम्बाहक पत्रकार कृष्ण सेन इच्छुक सबैका प्रेरणाका स्रोत भएको बताएका छन् । उनले भने ‘म उँहालाई हृदय देखिनै सम्मान गर्न चाहन्छु ।’ माओवादीले सञ्चालन गरेको १० वर्षे ‘जनयुद्धका’ क्रममा २०५८ सालमा कृष्ण सेनलाई प्रहरीले पक्राउ गरी चरम यातना दिएर हत्या गरको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस