गोली प्रहार गरी ९ लाख लुटेर फरार रहेका दुई जना पक्राउ

एजेन्सी

आइतबार, १३ जेठ २०७५, १३ : ५८
गोली प्रहार गरी ९ लाख लुटेर फरार रहेका दुई जना पक्राउ

धनगढी : कैलालीको धनगढी चौराहमा निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख लुटेर फरार रहेका दुई जनालाई प्रहरीले कैलालीको गेटाबाट पक्राउ गरेको छ।

पक्राउ परेकाहरूबाट ९ लाख रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए।

पक्राउ परेकाहरूबाट सो रकम बरामद भए पनि हतियार भने बरामद नभएको वलीले बताए। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनगढीमा ल्याउँदै गरेको वलीले बताए। हाल अनुसन्धान जारी रहेको बताउँदै वलीले पक्राउ परेकाहरूको नाम भने खुलाउन चाहेनन्।

सिद्धार्थ बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा लु ४० प ४४३८ नम्वरको मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले धनगढी आइएमइमा कार्यरत निर्मल कार्कीमाथि धनगढीको सव्जीमण्डीमा गोली प्रहार गरी रकम लुटेका हुन्।

गोली प्रहारबाट ग्लोबल आइएमइ बैंकमा कार्यरत कार्की घाइते भएका छन्। कार्कीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस