काठमाडौं । सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।
पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
मुक्तिनाथमा दैनिक आउन थाले चार हजार धार्मिक पर्यटक
मनाङमा लेक लागेर पर्यटकको मृत्यु
रामग्राम स्तूपमा पर्यटकको चहलपहल
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
पर्यटक