काठमाडौं । गत वर्षको असार १ गते कालिगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि असुरक्षित बनेको बेनी बजार संरक्षणका लागि कुनै पहल भएको छैन। तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा छ। बेनी नगरपालिका– ७ म्याग्दी जेसिजको भवन नजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन।
कालिगण्डकी नदीको बहाफले म्याग्दी जेसिज भवन नजिक ग्याविङ भत्काएको क्षेत्रमा यो वर्ष तटबन्ध निर्माणका लागि ठेक्का लागे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी कटानको जोखिम रहेको वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।
बेनी बजार संरक्षण काम रौताह–बीएनबी कन्ट्रक्सनले नौ करोड ४५ लाख १७ हजार ७४२ रुपैयाँमा ठेक्का लिएर २०८० साल पुससम्ममा सम्पन्न गर्ने सम्झौता रहेको रूपाताल संरक्षण एकीकृत विकास परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले जानकारी दिए। कालीपुलमा ८० र संगम चोकपछाडि म्याग्दी जेसिजको भवन नजिकै कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसीसी र मंगलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण ठेकेदारले गर्ने सम्झौता भएकोऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध लगाउन गत माघमा ठेक्का लगाएको थियो। काली पुल बसपार्क क्षेत्रमा बाहेक अन्य ठेकेदारले काम सुरु गरेको छैन।
जोखिमयुक्त क्षेत्रलाई कटानबाट जोगाउन नगरपालिकाले दोभानस्थित बगरको ठूला ढुंगाको व्यवस्थापन गरेको नगरप्रमुख सुरत केसीले बताए। संरक्षणको काम सुरु नभएको क्षेत्रमा तत्काल ठूला ढुंगा राख्न निर्माण व्यवसायीलाई भनेको केसीले जानकारी दिए। तत्काल यस क्षेत्रमा नदी वहाब रोक्न ठूला ढुंगाको ‘बोलर स्कीङ’ गर्ने निर्माण व्यवसायी शिव जिसीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १० : ५८
लेखकबाट थप