काठमाडौं । पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार नाघ्दासमेत चिनियाँ पर्यटकको सङ्ख्या बढ्न सकेको छैन् ।नेपाल–चीनबीच सिधा हवाई सेवा सञ्चालनमा आउन नसक्दा चिनियाँ पर्यटक बढ्न नसकेका हुन् ।
नेपाली पर्यटनको आधार मानिएका चिनियाँ पर्यटक भारतीय पर्यटकपछि सबैभन्दा बढी नेपाल भित्रिने गरेका थिए तर दुई वर्षअघि कोरोना महामारीको दोस्रो लहर शुरू हुँदा चीनले सङ्क्रमणको जोखिम कम गर्न व्यावसायिक यात्रुवाहक उडानमा लगाएको प्रतिबन्ध फुकुवा नहुँदा नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या ९५ प्रतिशतले घटेका छन् ।
कोरोना महामारीको अवधिमै भारततर्फ एयर बबलअन्तर्गत यात्रुवाहक हवाई सेवामार्फत यात्रुको आवागमन भइरहे पनि चीनसँगको हवाई सेवा बन्द भएयता चिनियाँ पर्यटक सहज रूपमा नेपाल आउन नसकेका हुन् ।
अहिले महामारीको असर कम भएर नेपाली पर्यटन क्षेत्र चलायमान हुन थाले पनि बन्द भएका चीनतर्फका उडान नियमित हुन नसक्दा नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या घटेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १० : ३८
लेखकबाट थप