काठमाडौं । सिरहामा बाबुछोराको विभत्स हत्या भएको छ। आइतबार राति अर्नमा गाउँपालिका १ महनौरस्थित घरमा बाबु-छोराको हत्या भएको हो।
६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या भएको प्रहरीले जनाएको छ। सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने तयारी थियो।
बिहेको खुसीमा नाचगान गरेर ढिलो सुतेका बाबु-छोराको शव हत्या भएको अवस्थामा ओछयानमै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा खाद्य कम्पनीले किन्न थाल्यो धान