कन्नडा फिल्मलाई चिनाउने फिल्म बन्यो ‘केजीएफ’ । फिल्मका हिरो यश मात्र स्टार बनेनन् निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ ।
यद्यपि प्रशान्तको चर्चा भने केजीएफको सिक्वेल प्रदर्शनमा आएपछि बढेको हो । केजीएफको सफलता पश्चात बढेको हाइपलाई बक्सअफिसमा परिणत गर्न निर्देशक प्रशान्त सफल रहेपछि उनलाई फिल्मको अफर दिनेहरू बढेका छन् । निर्देशक प्रशान्तले फिल्मलाई दर्शकको अपेक्षा अनुसार नै बढाउन सफल भएका छन् । यसैले गर्दा पनि प्रशान्तको फिल्म प्रतीक्षित बनिरहेका छन् । उनको नेक्स्ट फिल्म ‘सलार’ को हाइप झनै बढ्दो छ । छायांकनमा व्यस्त रहेका निर्देशक प्रशान्तले जुनिएर एन्टीआरसँग फिल्म गर्ने भएका छन् ।
भारतीय मिडियाका अनुसार प्रशान्तले यो फिल्म निर्देशनको लागि ५० करोडको पारिश्रमिक लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, १४ : १६
लेखकबाट थप