भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनःनिर्माण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन ।
स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँंमा धेरै विकासको काम भए पनि यहाँंको यो मन्दिर पुनर्निमाणको पर्खाइमा छ । भत्किएर मन्दिरको स्वरुप नै बिग्रिएको छ । परम्परादेखि कृष्ण जन्माष्टमीमा चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने चलन यहाँं थियो । केही समय अगाडि १/१ माना चामल पनि वितरण गरिएको थियो ।
तर, हाल यो कार्य स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको स्थानीयले बताए । गुठीसँग समन्वय गरी मन्दिरको पुनःनिर्माणका लागि नयाँ निर्वाचित स्थानीय जनप्रतिनिधि पहल गर्ने आशा स्थानीय विन्दु घिमिरेले गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, १५ : ३२
लेखकबाट थप