एजेन्सी । भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरले लामो समयको प्रेम सम्बन्धपछि विवाह गर्ने भएका छन् । निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले आफूहरु प्रेम सम्बन्धमा रहेको’bout गोप्य नराखी सबै माँझ सार्वजनिक गरेका थिए । तर, अब मलाइका र अर्जुनले आफ्नो प्रेम सम्बन्धलाई विशेष नाम दिन लागेको खबर भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरुले विवाहको मिति सार्वजनिक नभए पनि उनीहरुले नोभेम्बर वा डिसेम्बर महिनामा विवाह गर्ने पक्का भएको छ । मलाइका र अर्जुनका अनुसार उनीहरूले आफ्नो विवाहमा धेरै मान्छे नबोलाउने र आफ्नो परिवारका सदस्यलाई मात्रै सहभागी गराउने बताएका छन् । अहिले सामाजिक सञ्जालमा मलाइका र अर्जुनको विवाहको खबरले निकै चर्चा पाएको छ ।
मलाइकाले केही समय अगाडि अभिनेता सलमान खानका भाइ अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेर बसेकी हुन् । उनीहरुको एक छोरा पनि छन् । मलाइकाले अर्जुनसँग गर्न लागेको यो दोस्रो विवाह हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०७ जेठ २०७९, ११ : १५
लेखकबाट थप