तीन जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १२ : ३१
तीन जना मृत अवस्थामा फेला

काठमाडौं । रामेछाप, ओखलढुंगा र कैलालीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । रामेछापको मन्थली नगरपालिका–११ गेलु धुसेनिस्थित तामाकोशी नदी किनारमा हाल पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । 

ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित जयराम घाट दुधकोशी नदीको किनारमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ६७ वर्षीय सन्ते माझी बुधबार मृत अवस्थामा फेला परेका छन् । 

वैशाख ३१ गते माछा मार्ने गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र भारत पलिया घर बताउने हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    
 

प्रतिक्रिया दिनुहोस