काठमाडौं ।अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् ।
कान्स फिल्म फेस्टिभलको ७५ औँ संस्करणमा सहभागी हुने जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौड धुपमा मसँगै दौडिने सहयोगी साथीहरूलाई माया अनि सम्मान छ’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
‘फिल्मको प्रिमियर कान्स जेठ ४ मा हुनेछ। मसँग तितो मिठो अनुभव छ जुन कुनै दिन हजुरहरू माझ सुनाउँला, भोलि जाँदै छु। उताको यात्राको पनि मसँग बहुमूल्य अनुभव हुनेछन्’ सुरक्षाले सामाजिक सञ्जालमा लेखेकी छिन् ।यस्तै, फेस्टिभलमा पहिलोपटक नेपाली फिल्म ‘लोरी’ औपचारिकरूपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १३ : २३
लेखकबाट थप