काठमाडाैँ।आज विश्व दूरसञ्चार दिवस। दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर विश्वभर ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ।नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी याे दिवस मनाइँदै छ।
सन् १९१३ मा पहिलो पटक काठमाडौँमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो। सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो।
सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालीन राणा परिवारले प्रयोग गर्नेगरी १०० लाइन टेलिफोन क्षमताको एक्सचेन्ज जडान भयो। यी फोनहरू शासक वर्गका लागि मात्र उपलब्ध थियो।सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाइन क्षमताको एक्सचेन्ज काठमाडौँमा जडान भएको थियो। त्यसलाई सन् १९६५ मा एकहजार लाइन क्षमताको बनाइयो।
सन् १९७४ मा माइक्रोवेभ लिंकलाई बिस्तार गरियो। सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरिएको थियो। सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको सुरुवात भयो। सन् २००० मा आएर इन्टरनेटको व्यावसायिक सुरुवात भयो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १० : ३५
लेखकबाट थप