दुई दशकसम्म तपाईले घर मान्नु भएको ठाँउबाट बिदाई हुन कत्ति कठिन हुन्छ ३४ वर्षे आन्द्रे इनिस्टालाई सोध्नुस् । बार्सिलोनाको लागि ६७४ खेल खेलेका इनिस्टाले आइतबार नु क्याम्पमा आफ्नो अन्तिम खेल खेले । खेलपछि उनले धेरै समय खेल मैदानमा बिताए ।
समकालिन फुटबलका यी महान मिडफिल्डर खेल सकिएपछि खाली खुट्टा फुटबल मैदानमा लगभग पूरा रात (१ बजेसम्म) बिताए । इनिस्टा बार्सिलोनाको ला मासिया एकाडेमी छिर्दा सानै थिए । उनका अनुसार आमाबुवालाई छोड्नुपर्दा त्यो बेला उनले आसुँको ‘खोला बगाएका’ थिए ।
त्यस यताका २२ वर्षमा उनले ३२ ट्रफी र बार्सिलोनाका सबैभन्दा ठूला प्रतिद्वन्दीहरुबाट समेत सम्मान पाए । “‘ब्याज’ प्रतिरक्षा गर्नु आनन्द साथ साथै सम्मान रह्यो ,” इनिस्टाले भने । बिदाईमा उनका टिमका साथीहरुले इनिस्टालाई हावामा उचाल्दा रङ्गशालामा उपस्थीत ८४,१६८ फ्यानहरु एक भएर उठेका थिए ।
“म तपाईहरुलाई धेरै मिस गर्नेछु । म यहाँ बालकको रुपमा आएको थिएँ र ३४ वर्षको उमेरमा वयस्क भएर छोड्दैछु । मलाई यहाँ बस्न आग्रह गर्ने सबैलाई धन्यवाद ! तपाईहरु सधै मेरो मनमा हुनुहुनेछ ।”
बिदाइको अबसरमा बार्सिलोनाका म्यानेजर अरनेस्टो भल्भेर्देले इनिष्टालाई “नदोहोरिने ऐतिहासिक खेलाडी” भएको र उनको नाम ‘भविष्यमा लामो समय’सम्म रहने बताए ।
“सदाझैं आज पनि हामी खेलेर जित्न आएका थियौं तर आज आन्द्रेको दिन थियो । दर्शकहरुले आजको दिन विशेष बनाए,” भल्भेर्देले भने । आइबार यो सिजनको ला लिगामा बार्सिलोनाको अन्तिम खेलमा बार्सिलोनाले रियल सोसिदानलाई एक गोलले हरायो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०८ जेठ २०७५, १८ : १४
लेखकबाट थप