ताप्लेजुङमा एक युवक मृत फेला

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १२ : ३७
ताप्लेजुङमा एक युवक मृत फेला

काठमाडौं । ताप्लेजुङ जिल्ला मिक्‌वाखोला गाउँपालिका–१ खोक्लीङमा एक युवा मृत फेला परेका छन्। वुधवार स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर फर्किदैं गरेका २४ वर्षिय बिमल कार्की मृत अवस्थामा फेला पारेका हुन्।कार्की ताप्लेजुङकै एक कन्ट्रक्सन कम्पनिमा जेसीभी अपरेटरको रुपमा कार्यरत थिए। बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कदैं गरेका कार्की खुर्साने पाखामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रमुख कैलाश राईले घटनाका सन्दर्भमा अनुसन्धान भइरहेको बताएका छन्। घटना अनुसन्धानकै क्रममा रहेकाले कार्कीको हत्या भएको हो वा कुनै दुर्घटना भएको हो भन्न नसकिने प्रहरी प्रमुख राईले नेपाललाइभसँग बताए। उनले भने, ‘मृतकको शव बाटोभन्दा अन्दाजी ३०० मीटर तल रहेको छ। मृतकको शरीर सदरमुकाम ल्याइ पोस्टमार्टमपछि अन्य प्रमाण जुटाएर मात्रै केही भन्न सक्ने अवस्था छ।’

यता एमाले सचिव योगेश भट्टराईले भने कार्कीको अपहरण गरेर शारीरिक र मानसिक यातना दिइ क्रुरतापूर्वक हत्या गरिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् यस्तो दाबी गरेक हुन्। उनले लेखेका छन्,‘२०७९ बैशाख २८ गते साँझ ताप्लेजुङ जिल्ला मिक्वाखोला गाँउपालिका वाड नं १ खोक्लीङमा भोलि (शुक्रबार) हुने निर्वाचनमा मतदान गर्न जाने क्रममा हाम्रो पार्टीका कार्यकर्ता बिमल कार्कीलाई अपहरण गरी बेपत्ता बनाइ शारीरिक र मानसिक यातना दिइ क्रुरतापूर्वक हत्या गरेका छन्।’

प्रतिक्रिया दिनुहोस