वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमति लिइएका मध्ये ७७ वटा हातहतियार जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । भोलि हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै अनुमति लिइएका हातहतियार बुझाउन प्रशासनले सूचना जारी गरे पनि अधिकांशले बुझाएका छैनन् ।
एकनाले, दुईनाले, बाह्र बोर, एयर गन, सर्ट गनलगायत ७७ हातहतियार मात्रै जिल्ला प्रहरी कार्यालयले बुझेको पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार अटो गन, पेस्तोललगायत हतियारलाई अनुमति दिइँदैन ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार जिल्लामा ७७१ वटा हातहतियारको इजाजत लिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १२ : २०
लेखकबाट थप