सुर्खेत । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् ।
बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका-११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो ।
प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
‘नगदसहित पक्राउ परेका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखेका छौं । १० बजेपछि निर्वाचन कार्यालयको जिम्मा लगाउँछौं,’ डीएसपी घर्तीले भने ।घर्तीले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिइए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, ११ : ११
लेखकबाट थप