नेपाल स्वास्थ्य अनुसन्धान परिषदले माग्यो विषयगत विज्ञ

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १६ : ४५
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले माग्यो विषयगत विज्ञ

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरु माग गरेका छन् । 

परिषदसँगै अन्तर्राष्ट्रिय दातृ निकायहरु एवं विभिन्न विश्व विद्यालयहरुको सहयोगमा संचालन हुने विभिन्न अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरुको आवश्यकता रहेको परिषदले जनाएको छ । विभिन्न विधाका विज्ञहरुको सूची तयार पार्नु पर्ने भएको हुँदा ईच्छुक नेपाली नागरिकले आफ्नो विज्ञता खुल्ने वैयक्तिक विवरणसहित परिषद्मा १० दिनभित्र निवेदन पेश गर्न आग्रह गरिएको छ । 

“प्राप्त भएको विज्ञहरूको सूचीबाट परियोजनाको प्रकृति बमोजिम परिषदकाे आवश्यकता अनुसार छनोट गरिने व्यहोरासमेत जानकारी गराइन्छ,” परिषद्ले भनेको छ । 

प्रतिक्रिया दिनुहोस