शिक्षण अस्पतालमा आठौँपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १३ : २५
शिक्षण अस्पतालमा आठौँपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण

 त्रिवि शिक्षण अस्पतालमा आठौँपटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको टोलीले प्रत्यारोपण गरेको हो।डा. भण्डारीका अनुसार ४८ वर्षीय आफ्ना बुबालाई उनका २७ वर्षीय छोराले कलेजो दिएका थिए। प्रत्यारोपण गरिएका बिरामीको हाल स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत उनले बताए।

प्रत्यारोपणको लागि त्रिवि शिक्षण अस्पतालको टिमलाई भारतको फोर्टिसबाट आएको चिकित्सकहरूको टिमले सहयोग गरेको थियो। यो त्रिवि शिक्षण अस्पतालको आठौँपटक सफल कलेजो प्रत्यारोपण हो। यसअघि अस्पतालले सातौँपटक सफल कलेजो प्रत्यारोपण गरिसकेको छ।
 

प्रतिक्रिया दिनुहोस