काठमाडौँ । आजदेखि सिनेमा हलमा २ नेपाली चलचित्र प्रदर्शन भएका छन्।हास्यकलाकार शिवहरी पौडेलको निर्देशन डेब्युमा बनको लक्का जवान र षड्कोण प्रदर्शन भएको हो।पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा निर्देशक पौड्यालकै कथा र पटकथा रहेको छ।
चलचित्रमा दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, शिवहरि पौड्याल, किरण केसी, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय गरेका छन्।चलचित्रमा डीपी खनाल र बाबुल गिरीको गीत, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ। लक्का जवान विशुद्ध अर्गानिक फिल्म भएको शिवहरिले बताए।
यस्तै, कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको चलचित्र षड्कोण पनि शुक्रबारदेखि नै प्रर्दशन हुँदै छ।चलचित्रमा कर्मा र भोलाराज सापकोटासँगै लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ। चलचित्रलाई मिलन डी काप्रिले निर्देशन गरेका हुन्।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन्। सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डी काप्रीकाे सम्पादन छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, ११ : ०९
लेखकबाट थप