सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि नभएसम्म रोजगारीकाे ग्यारेण्टी हुन सक्दैन : दाहाल

आइतबार, ०६ जेठ २०७५, १६ : ४०
सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि नभएसम्म रोजगारीकाे ग्यारेण्टी हुन सक्दैन : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले उच्च शिक्षा आर्जन गरेर विदेश जाने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरको ५६ औ बार्षिकउत्सव एव अभिभावक दिवसमा बोल्दै मेयर दाहालले प्रविधिक शिक्षा जोड दिन नसक्नुले यस्तो अवस्था आएको धारणा व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयहरु विश्वास घट्दै जानु चिन्ताको विषय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ,“सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयको भौतिक व्यावस्थापनमा सुधार गर्नुपर्छ । यहि उदेश्यका साथ भरतपुर महानगरले आफ्नो कामलाई अगाडी बढाई रहेको छ ।” 
मेयर दाहालले भरतपुर महानगरपालिकामा शिक्षा शाखा स्थापना भएको भन्दैजिल्लाको शिक्षा क्षेत्रको सुधारको लागि शैक्षिक गुणस्तरको आधारमा सामुदायिक विद्यालयहरुलाई प्रोत्सहान एव अनुदान दिने नीति अवलम्बन गरेको बताउनुभयो । विदेश जानुपर्ने शिक्षालाई निरुतसाहित गर्दै देशमै रोजगारीको ग्यारेण्टी गर्ने खालको शिक्षालाई जोड दिनुपर्ने उहाँको भनाई थियो । 

नारायणी नमुना माध्यमिक विद्यालयले १सय ५० वटा मापदण्ड पुरा गरि  देशको दोस्रो उत्कृष्ट सामुदायिक  विद्यालय र प्रदेश नं. ३ को पहिलो उत्कृष्ट सामुदायिक विद्यालय हुन सफल भएको छ ।

विद्यालयले अबको ५ बर्ष भित्र ५ हजार विद्यार्थी पु¥याउने लक्ष्य लिएको छ । हाल विद्यालयमा १८ सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस